काठमाडौं । बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले राष्ट्रिय टोलीबाट अर्को दुई खेल गुमाउने भएका छन् । बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले लुकाकुले नेसन्स लिगको दुई खेल गुमाउने प्रस्ट पारेका हुन् ।
लुकाकु गएको शनिबार नेदरल्यान्ड्सविरुद्धको खेलमा घाइते भएका थिए । बेलारुसमा सम्पन्न उक्त खेलमा बेल्जियम नेदरल्यान्ड्सँग ४–१ ले पराजित भएको थियो ।लुकाकुले अब बुधबार राति हुने पोल्यान्ड र आइतबार हुने वेल्सविरुद्धको खेल गुमाउने भएका छन् ।
यस्तै, चेल्सीका फरवार्ड लुकाकुले जुन १४ मा हुने पोल्यान्डविरुद्धको खेल पनि गुमाउने सम्भावना रहेको प्रशिक्षक मार्टिनेजले बताए । उनी भन्छन्, “पछिल्ला खेलहरूमा लुकाकु उपलब्ध हुने सम्भावना एकदम न्यून छ ।”
यूईएफए नेसन्स लिग ‘ए’ को समूह–४ मा बेल्जियम अंकविहीन छ । बेल्जियम पुछारमा छ । अंकविहीन नै रहेको अर्को टोली वेल्स तेस्रो स्थानमा छ । समान तीन अंक जोडेका नेदरल्यान्ड्स र पोल्यान्ड क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।
प्रकाशित मितिः २०७९ जेठ २५ बुधबार
Comments