काठमाडौं । एएफसी एसिया कप छनाेटअन्तर्गत तेस्रो चरणका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले शुक्रबार घोषणा गरेको २३ सदस्यीय राष्ट्रिय टाेलीका नियमित कप्तान तथा गाेलरक्षक किरण चेम्जाेङ भने अटाएका छैनन् ।
त्यस्तै, रोहित चन्द, विमल घर्तीमगर, सुजल श्रेष्ठ, अञ्जन बिष्ट लगायतका १० सिनियर खेलाडी पनि टाेलीमा छैनन् । उनीहरूले प्रशिक्षक अलमुताइरीकाे कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै खेलाडीहरूले बन्द प्रशिक्षण छोडेका थिए ।
किरणसहित १० सिनियर खेलाडी टाेली बाहिर रहँदा यसपटक राष्ट्रिय टोलीमा चार नयाँ अनुहारले स्थान बनाएका छन् । रक्षक विकास तामाङ र शिव गुरुङसँगै मिडफिल्डर नीरकुमार राई र रोशन रानामगरले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।
छनोटकाे समूह ‘ए’ मा नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । नेपालले आठ जुनमा जोर्डनविरुद्ध खेल्दै छनोटको सुरुवात गर्नेछ । यस्तै, नेपालले दोस्रो खेल कुवेतविरुद्ध ११ जुन तथा १४ जुनमा इन्डोनेसियाविरुद्ध अन्तिम खेल खेल्नेछ ।
प्रकाशित मितिः २०७९ जेठ ०६ शुक्रबार
Comments