काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की अनुबन्ध गर्न बार्सिलोना सहमत भएको छ । लेवान्डोस्कीसँग तीन वर्षको सम्झौता गर्न बार्सिलोना सहमत भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
पोलिस स्ट्राइकरलाई वार्षिक ९ मिलियन युरो दिनेगरी सम्झौता गर्न बार्सिलोना सहमत भएको बताईएको छ । ३३ वर्षीय लेवान्डोस्कीले जर्मन क्लबसँगको सम्झौता नवीकरण नगर्ने बताईसकेका छन्।
उनले पनि बार्सिलोना जाने इच्छा व्यक्त गरिरहेका छन् । बायर्नसँग लेवान्डोस्कीको सम्झौता २०२३ सम्म रहेको छ । उनी २०१४ मा बोरुसिया डर्टमण्डबाट बायर्न आएका हुन् । एजेन्सी
प्रकाशित मितिः २०७९ जेठ ०६ शुक्रबार
Comments