काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा फराकिलो जित निकालेको छ । पीएसजीले शनिबार मोन्टपेलियरलाई ४–० गोल अन्तरले हराएको हो । पीएसजीलाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । एन्जल डी मारिया र केलियन एमबाप्पेले एक एक गोल गरे ।
खेलको छैटौं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए । २० औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता २–० को बनाए । २६ औं मिनेटमा डी मारियाले गोल गर्दा पीएसजीको अग्रता ३–० बन्यो ।
६० औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई ४–० को जित दिलाए । जितसँगै शीर्ष स्थानको पीएसजीले ३७ खेलमा ८३ अंक जोडेर तालिकाको शीर्ष स्थानमा यथावत छ । पीएसजीले लिग उपाधि चार खेल अगावै जितेको थियो । पराजित मोन्टपेलियर ४३ अंक जोडेर १३ औं स्थानमा छ ।
प्रकाशित मितिः २०७९ जेठ ०१ आइतबार
Comments