काठमाडौं । जारी सिजनमा इंग्लिस क्लब लिभरपुललाई चार उपाधि जित्ने मौका छ । फेब्रुअरीमा लिग कप जितेको उसलाई अझै इंग्लिस प्रिमियर लिग, एफएकप र युरोपेली च्याम्पियन्स लिग जित्ने मौका रहेको हो ।
टोलीका प्रमुख खेलाडी भर्जिल भान डाइकले यसपाली लिभरपुलले चार उपाधि जिते ऐतिहासिक सफलता प्राप्त हुने बताए । ‘यो क्लबका लागि दबाब अनि प्रेरणा दुवै हो । धेरैका लागि यो असम्भव सपना पनि हो । त्यसैले लिभरपुल चारै उपाधि जित्न सफल रहे, त्यो दुर्लभ अनि ऐतिहासिक उपलब्धि हुनेछ,’ उनले भने ।
योगर्न क्लोपको प्रशिक्षणमा रहेको लिभरपुलले हालै मात्र म्यानचेस्टर सिटीलाई हराएर एफएकपको फाइनल यात्रा तय गरेको छ । उपाधि भिडन्तमा उसले चेल्सीको सामना गर्नेछ ।
प्रिमियर लिगमा सात चरणका खेल बाँकी रहँदा दोस्रो स्थानको लिभरपुल एक अंकको दूरीमा छ । त्यसमध्ये उसले म्यानचेस्टर युनाइटेड, एभर्टन र टोटनहम जस्ता बलिया टोलीको सामना गर्नुपर्नेछ । एजेन्सी
प्रकाशित मितिः २०७९ बैशाख ०५ सोमबार
Comments