एजेन्सी, २१ बैशाख । अजाक्सले युरोपा लिग फुटबलको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । सेमिफाइनल अन्तर्गत गएराति भएको पहिलो गेलमा लियोनलाई ४–१ ले हराउँदै अजाक्सले पछिल्लो २१ वर्षमा पहिलो पटक युरोपा लिगको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो ।
घरेलु मैदानमा भएको खेलमा डच क्लब अजाक्सलाई जिताउन बट्र्रेन्ड ट्राओराले दुई तथा कास्पर डाल्बर्ग र अमिन युनिसले एक एक गोल गरे । फ्रान्सेली क्लब लियोनका लागि म्याथ्यु वाल्बुएनाले एक गोल फर्काए ।
सेमिफाइनलको दोस्रो लेगमा आउँदो हप्ता लियोनको मैदानमा हुनेछ ।
अजाक्सको फाइनलमा पुग्ने सम्भावना बलियो
0
Share.
Comments