काठमाडौं । कोलम्बियाली पूर्व कप्तान तथा स्पेनिस क्लब रियाल मड्रिडका पूर्व मिडफिल्डर फ्रेडी रिन्कोनको सडक दुर्घटनामा परेका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । कोलम्बियाका पूर्व कप्तान रिन्कोनको अवस्था निकै चिन्ताजनक रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
बिबिसीका अनुसार सोमबार बिहान रिन्कोनले चलाएको कारलाई बसले काेलम्बियाका कालीमा ठक्कर दिएको थियो । यसपछि उनलाई शल्यक्रियाका लागि तत्काल इम्बानाको क्लिनिकमा पुर्याइएकाे जनाइएको छ । कारमा रिन्कोनसॅंगै अरू चार जना पनि सवार थिए ती सबै घाइते भएका छन् ।
५५ वर्षीय रिन्कोनले सन् १९९५ देखि ९६ सम्म रियाल मड्रिडबाट खेलेका थिए ।उनले मड्रिडबाट २१ खेल खेल्दा कोलम्बियाको राष्ट्रिय टोलीबाट ८४ क्याप जितेका छन् । सन् १९९०, १९९४ र १९९८को विश्वकपमा कोलम्बियाको प्रतिनिधित्व गरेका रिन्कोनले कोलम्बियाका लागि १७ अन्तराष्ट्रीय गाेल गरेका छन्।
प्रकाशित मितिः २०७८ चैत २९ मंगलबार
Comments