एजेन्सी, २० बैशाख । अखिल भारतीय फुटबल संघले प्रदान गर्ने हिरो अफ आइ लिगबाट सुनिल क्षेत्री सम्मानित भएका छन् ।
बेङलुरुका भारतीय स्ट्राइकर क्षेत्रीलाई आइ लिगको उत्कृष्ट खेलाडीबाट सम्मानित गरिएको हो ।
आइ लिगमा सहभागी १० क्लबका प्रशिक्षक तथा कप्तानले क्षेत्रीलाई हिरो अफ आइ लिगको उपाधि प्रदान गर्न मतदान गरेका थिए । आइ लिगमा उनको टिम चौथो स्थानमा रहेको थियो भने उनले आइ लिगमा ७ गोल गरेका थिए ।
एजल एफसीलाई उपाधि दिलाएका प्रशिक्षक खलिद जमिललाई उत्कृष्ट प्रशिक्षकको उपाधि प्रदान गरियो । मोहन बगानका देवजीत मजुमदार सर्वोत्कृष्ट गोलकिपर, मोहन बगानकै अनस एदाथोडिकालाई सर्वोत्कृष्ट डिफेन्डर, एजल एफसीका अल्फ्रेड केमाह जार्यन सर्वोत्कृष्ट मिडफिल्डर घोषित भए ।
यस्तै, शिलोङ लेजाङका एसेर पिर्यीक सर्वोत्कृष्ट स्ट्राइकर र डिएसके शिवाजियन्सका जेरी लालरिन्जुएला इमर्जिङ खेलाडीबाट सम्मानित भए ।
हिरो अफ आइ लिगबाट सुनिल क्षेत्री सम्मानित
0
Share.
Comments