काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (शुक्रबार) एक खेल हुँदैछ । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्सले पञ्जाब किङ्ग्सविरुद्ध खेल्दैछ। खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ।
लिगमा २ खेल खेल्दा दुवै खेलमा जित निकालेको गुजरात शतप्रतिशत नतिजाका साथ ४ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ भने एक खेल बढी अर्थात ३ खेल खेलेको पञ्जाब दुई खेलमा जित र एक खेलमा हार व्यहोर्दै समान ४ अंकका साथ तालिकाको पाँचौं स्थानमा रहेको छ। आजको खेल जित्ने टोली तालिकाको तेस्रो स्थानमा उक्लिने छ। गुजरात टाइटन्सको कप्तानी हार्दिक पान्ड्याले गर्दैछन् भने पञ्जाबको मयंक अग्रवालले गर्दैछन् ।
दुवै टिमले अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेका छैनन्। पञ्जाब एकपटक प्रतियोगिताको फाइनलसम्म पुग्न सफल भएको थियो तर उपाधि जित्न भने असफल रह्यो।
प्रकाशित मितिः २०७८ चैत २५ शुक्रबार
Comments