काठमाडौं । फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन पिएसजीले शानदार जित दर्ता गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा पिएसजीले लोरिएन्तलाई ५–१ ले पराजित गरेको हो । पिएसजीको जितमा नेइमार र केलियन एमबाप्पेले दुई–दुई तथा लियोनल मेस्सीले एक गोल गरे ।
नेइमारले १२ र ९० औँ तथा एमबाप्पेले २८ र ६७ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै मेस्सीले ७३ औँ मिनेटमा गोल गरे । लोरिएन्तका लागि ५६ औँ मिनेटमा मोफीले एक गोल फर्काएका हुन् ।
जितपछि शीर्ष स्थानको पिएसजीको ३० खेलबाट ६८ अंक भएको छ। एजेन्सी
प्रकाशित मितिः २०७८ चैत २१ सोमबार
Comments