काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याट्सम्यान रोहित कुमार पौड्यलले एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालका लागि रोहितले ५४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ५० रन पूरा गरेका हुन् । रोहितको अर्धशतकसँगै नेपालले २८ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १३४ रन बनाएको छ ।
रोहितसँगै क्रिजमा रहेका आरिफ सेखले २० रन बनाएका छन् । नेपालका ओपनर कुशल भुर्तेल ३२ रन बनाएर आउट भएका थिए । त्यस्तै अनिल शाहले ६ रन बनाएर आउट भए । दिपेन्द्र सिंह ऐरीले १५ रन बनाए भने देव खनालले खाता खोल्न सकेनन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनाएको थियो ।
प्रकाशित मितिः २०७८ चैत ११ शुक्रबार
Comments