काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको एकदिवसीय वरीयतामा सुधार भएको छ । आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयतामा लामिछाने बलिङतर्फ ५ स्थान सुधार गर्दै ६१ औं स्थानमा उक्लिएका हुन् । यसअघि उनी ६६ औं स्थानमा थिए ।
४४३ रेटिङ प्वाइट प्राप्त गरेका सन्दीप एकदिवसीय वरीयताको शीर्ष १०० मा पर्ने एक्ला नेपाली खेलाडी हुन् । वरीयताको शीर्ष स्थानमा ७३७ रेटिङ प्वाइन्टका साथ न्युजिल्याण्डका ट्रेन्ट बोल्ट छन् ।
अस्ट्रेलियाका जोस हेजउड, इंग्ल्याण्डका क्रिस वोक्स, न्युजिल्याण्डका म्याट ह्यारी, अफगातनिस्तानका मुजिब उर रहमान, भारतक जसप्रित बुमराह, बंगलादेशका मेहदी हसन, दक्षिण अफ्रिकाका कागिसो रावडा, अस्ट्रेलियाका मिचेल स्टार्क र अफगानिस्तानका राशिद खान क्रमशः दोस्रो देखि १० औं स्थानमा छन् ।
प्रकाशित मितिः २०७८ चैत ०९ बुधबार
Comments