एजेन्सी, १४ बैशाख । रियल मड्रिडले ला लिगाको उपाधि होड जितसहित ट्रर्याकमा ल्याएको छ । गएको आइतबार भएको इएल क्लासिकोमा पराजित भएर धक्का लागेको रियल मड्रिडले लिग अन्तर्गत गएराति भएको खेलमा डिप्रोटिभो डी लाकोरुनामाथि ६–२ को शानदार जित दर्ता गर्दै उपाधि होड ट्रर्याकमा ल्याएको हो ।
अवे मैदानमा रियल मड्रिडलाई जिताउन जेम्स रोड्रिग्वेजले दुई तथा अल्भारो मोराटा, लुकास भाजक्वेज, इस्को र कास्मेइरोले एक एक गोल गरे । डिप्रोटिभोका लागि फ्लोरिन एनडन र जोसेलुले एक एक गोल गरे ।
जितपछि दोस्रो स्थानमा रहेको रियल मड्रिडको ३३ खेलबाट ७८ अंक भएको छ । एक खेल बढी खेलेको शीर्ष स्थानको बार्सिलोनाको पनि ७८ अंक नै छ । राति भएका अरु खेलमा लेगानेसले लास पालमसलाई ३–० तथा रियल सोसिडाडले भ्यालेन्सियालाई ३–२ ले हरायो ।
रियल मड्रिड दोस्रो स्थानमा
0
Share.
Comments