एजेन्सी, १४ बैशाख । बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो अग्रता कायम राखेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ७–१ ले हराएर शीर्ष स्थानमा कायम रहेको हो ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले, एण्ड्रे गोमोज र पाको अलकेसरले दुई दुई तथा मास्चेरानोले एक गोल गरे । ओसासुनाका लागि टोर्रेसले एक गोल फर्काए ।
जितपछि शीर्ष स्थानको बार्सिलोनाको ३४ खेलबाट ७८ अंक भएको छ । समान ७८ अंक नै भएको दोस्रो स्थानको रियल मड्रिडले एक खेल कम खेलेको छ ।
बार्सिलोनाले ओसासुनालाई ७–१ ले हराएर शीर्ष स्थानमा कायमै
0
Share.
Comments