काठमाडौं, १३ बैशाख । इंग्लिस प्रिमियर लिग लिडर चेल्सीले सात अंकको अग्रता कायम गरेको छ । लिग अन्तर्गत गएराति घरेलु मैदानमा भएको खेलमा चेल्सीले साउथह्याम्प्टनलाई ४–२ ले हराएको हो । चेल्सीको जितमा डिएगो कोस्टाले दुई तथा इडन हजार्ड र ग्यारी काहिलले एक एक गोल गरे । साउथह्याम्प्टनका लागि ओरिओल रोमेउ र रायन बट्र्रेन्डले एक एक गोल गरे ।
जितपछि चेल्सीको ३३ खेलबाट ७८ अंक भएको छ । चेल्सी दोस्रो स्थानको टोटनह्याम भन्दा सात अंकले अघि छ । तर टोटनह्यामले एक खेल कम खेलेको छ । पराजित भएको साउथह्याम्प्टन ३२ खेलबाट ४० अंकसहित नवौं स्थानमा छ ।
लिग लिडर चेल्सीको सात अंकको अग्रता कायमै
0
Share.
Comments