काठमाडौं । मोरक्कोका विंगर हाकिम जिएचले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । चेल्सीका विंगर जिएचले २८ वर्षको उमेरमा अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।
एक अन्तर्वार्तामा जिएचले आफु राष्ट्रिय टिममा नफर्कने बताएका छन् । म राष्ट्रिय टिममा फर्कने छैन, उनले भनेका छन् ।
जिएच पछिल्लो पटक अफ्रीका कप अफ नेसन्स खेल्ने टिमबाट हटाइएका थिए ।यस अघि उनी विश्वकप छनोट खेल खेल्ने टिमबाट समेत हटाइएका थिए ।
मोरक्कोका लागि जिएचले ४० खेल खेलेका छन् । जसमा १७ गोल गरेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७८ माघ २६ बुधबार
Comments