काठमाडौं । भारतीय क्रिकेट टिमका ४ खेलाडीसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय टोलीका ४ खेलाडीसहित सात जनामा संक्रमण देखिएको हो ।
भारतले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि राष्ट्रिय टोलीमा समेटिएका खेलाडी र अफिसियलमा संक्रमण देखिएको हो ।
क्रिकइन्फोका अनुसार शिखर धवन, श्रेयस आयर, रुतुराज गायकवाड र नभदिप सैनीलाई संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका खेलाडी र अफिसियल आइसोलेसनमा बसेको भारतीय मिडियाले जनाएका छन् । भारतले घरेलु मैदानमा वेस्ट इन्डिजविरुद्ध एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्नेछ ।
एक दिवसीय सिरिज फेब्रुअरी ६ बाट सुरु हुनेछ भने टीट्वान्टी फेब्रुअरी १६ बाट हुनेछ ।
प्रकाशित मितिः २०७८ माघ २० बिहिबार
Comments