काठमाडौं । भारतले अस्ट्रेलियालाई ९६ रनले पराजित गर्दै यू-१९ विश्वकपको फाइनलमा स्थान बनाएको छ । भारत लगातार चौथो तथा समग्रमा ८ औँ पटक प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो ।
टस जितेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो। उसका लागि कप्तान यस धुलले १ सय १० रनको शानदार इनिङ खेलेका थिए। त्यस्तै शेख रसिदले ९४ रन बनाएका थिए ।
जवाफमा ४१.५ ओभरमा अलआउट हुँदै १९४ रनमा समेटिएको थियो। उसका लागि लाचलान शाले सर्वाधिक ५१ रन बनाएका थिए । त्यस्तै कोरि मिलरले ३८ रन बनाउँदा काम्बेल केल्वेले ३० रन बनाएका थिए ।
अब उपाधिका लागि भारतले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । भारत पाँचौँ पटक उपाधि जित्ने लक्ष्यमा रहेको छ। प्रतियोगिताको फाइनल ५ फेब्रुअरी मा हुनेछ। भारतले यसअघि २०००, २००८, २०१२ र २०१८ मा गरी चार पटक उपाधि जितेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ माघ २० बिहिबार
Comments