काठमाडौं । मोरक्को अफ्रीका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।मंगलबार राति भएको खेलमा मालावीलाई २-१ गोल अन्तरले हराउँदै मोरक्को अन्तिम आठमा पुगेको हो ।
मोरक्कोले सुरुआती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । खेलको सातौं मिनेटमा गाबाडिन्हो महांगोले गोल गर्दै मालावीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, पहिलो हाफको इन्जुरी समयमा युसेफ एन नेसरीले गोल गर्दै मोरक्कोलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७० औं मिनेटमा अच्राफ हाकिमीले गोल गर्दै मोरक्कोलाई २-१ को जित दिलाए । मोरक्कोले क्वाटरफाइनलमा इजिप्ट र आइभरी कोस्टको विजेतासँग खेल्ने छ ।
प्रकाशित मितिः २०७८ माघ १२ बुधबार
Comments