काठमाडौं । अष्ट्रेलियाले श्रीलंकाविरुद्धको टी-ट्वान्टी सिरिजका लागि टिम घोषणा गरेको छ । अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा टिम घोषणा गरेको हो ।
अष्ट्रेलिया घोषणा गरेको टिममा डेभिड वार्नर र मिचेल मार्श छैनन् । दुबैलाई विश्राम दिईएको बताईएको छ । बेन म्याकडेर्मोट भने टिममा फर्किएका छन् ।
अष्ट्रेलियाले फेब्रुअरीमा श्रीलंकासँग पाँच खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ । पहिलो खेल फेब्रुअरी ११ मा हुनेछ ।
प्रकाशित मितिः २०७८ माघ ११ मंगलबार
Comments