काठमाडौं । नेपालसँगको मैत्रीपुर्ण खेलका लागि मोरिसस टिम काठमाडौं पुगेको छ । पहिलो पटक नेपालसँग मैत्रीपुर्ण खेल खेल्न लागेको मोरिसस टिमका खेलाडी र अफिसियललाई एन्फा पदाधिकारीले विमानस्थलमा स्वागत गरेका छन ।
दशरथ रंगशालामा माघ १५ र १८ गते हुने खेलका लागि मोरिससको टिम काठमाडौं पुगेको हो । टिम काठमाडौंको भिभान्ता होटेलमा बस्नेछ । मोरिसस टिमको काठमाडौं पुगेपछि कोरोना परिक्षण हुनेछ, त्यसपछि उनीहरुको प्रशिक्षण तालिका राखिनेछ ।
खेल भन्दा पाँच दिन अगाडी नै काठमाडौं पुगेको मोरिसस टिमसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली टिम अहिले बन्द प्रशिक्षणमा रहेको हो । नेपालले पहिलो पटक अफ्रिकी देशसँग पहिलो पटक मैत्रीपुर्ण खेल खेल्न लागेको हो ।
हाल फिफा बरियतको एक सय ७२ औं स्थानमा रहेको मोरिसस टिमले नेपालसँग जितको लक्ष्य राखेको छ । नेपाल आएको मोरिससको टिमका केहि मुख्य खेलाडीमा कोभिड भएकाले टिमसँग छैनन् । यसका साथै अरु केहि खेलाडी घाइते हुँदा नेपाल आएको छैनन् ।
मोरिसस टिमका प्रशिक्षकले पहिलो पटक नेपाल आएको र माल्दिभ्ससँग नेपालको खेल हेरेर आफ्नो रणनिती बनाएको बताए । नेपालसँगको खेल मार्चमा हुने अफ्रिकन कप अफ नेशनन्सको छनोटको तयारीका रुपमा मोरिससले लिएको छ ।
नेपालसँगको खेल निकै कठिन हुने बताउँदै आफ्नो लक्ष्य राम्रो फुटबल खेलेर नेपाललाई राम्रो प्रतिस्पर्धा दिने रहेको प्रशिक्षकले बताए ।
प्रकाशित मितिः २०७८ माघ १० सोमबार
Comments