काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखका विंगर अल्फन्सो डेभिसलाई कोभिड १९ को संक्रमण देखिएको छ ।
बायर्नले बुधबार डेभिसलाई कोभिड१९ को संक्रमण भएको जनाएको छ । कोभिड संक्रमण भएपछि क्यानडाका कप्तान डेभिसमा घरमै सेल्फ आईसोलेसनमा बसेको बायर्नले जनाएको छ ।
कोभिड संक्रमणकै कारण बायर्नका आठ खेलाडी आईसोलेसनमा रहेका छन् । जसमा लोरी साने, किङ्सले कोम्यान, म्यानुएल नुएर लगायतका खेलाडी रहेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७८ पुस २२ बिहीबार
Comments