एजेन्सी, २४ चैत । इण्डियन प्रिमियर लिग क्रिकेट आईपिएलको दशौं संस्करणको उद्घाटन खेलमा सनराईजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ३५ रनले पराजित गरेको छ ।
हिजो भएको खेलमा साबिक विजेता हैदरावादले गत वर्षको उपविजेता रोयल च्यालेन्जर्स बैंग्लोरलाई ३५ रनले हराएको हो ।
हैदरावादले प्रस्तुत गरेको दुई सय ८ रनको लक्ष्य पछ्याएको बैंग्लोरले १९ ओभर ४ बलमा सबै विकेट गुमाएर एक सय ७२ रन बनायो । हैदरावादका आषिश नेहरा, भुवनेश्वर कुमार र रशिद खानले समान दुई दुई विकेट लिए । विराट कोहली बिना खेलेको बैंग्लोरका लागि क्रिस गेलले ३२, केदार जाधवले ३१ तथा ट्रेविस हेडले ३० रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले चार विकेटको क्षतिमा दुई सय सात रन बनायो । उसका लागि युवराज सिंहले ६२, मोइसिस हेनरिकले ५२ तथा शिखर धवनले ४० रन बनाए ।
आईपिएल क्रिकेटमा आज बेलुकी राईजीङ पुणे सुपरजायन्ट्स र मुम्बई इण्डियन्स भिड्नेछन् ।
आइपिएलको पहिलो म्याचमा बैंग्लोरलाई हैदरावादले हरायो
0
Share.
Comments