काठमाडौं । इग्लीस प्रिमियर लिग अन्तर्गत ब्रेनफोर्डविरुद्धको खेल अघि म्यानचेस्टर युनाईटेडका खेलाडी र पदाधिकारीमा कोभिड-१९ पोजेटिभ देखिएको छ ।
सनिबार भएको नर्विचविरुद्धको खेल अघि खेलाडीहरुमा नेगेटिभ रिजल्ट देखाएको थियो ।
तर आईतबारको अभ्यास अघि कैयौ खेलाडीहरुमा पोजेटिभ देखाएको थियो ।
युनाईटेड र ब्रेनफोर्डबीच मंगलबार खेल हुने तालिका रहेको छ ।
क्लबले यसबारे प्रिमियर लिगलाई जानकारी गराएको छ र मंगलबारको सो खेल हुने वा नहुने भने आशंका उत्पन्न भएको छ ।
कोभिड पोजेटिभ देखिएकाहरुलाई अभ्यास अघि घर पठाइएको थियो ।
तर अन्य खेलाडीहरु अभ्यासमा सहभागी भएका थिए ।
आईतबार नै एस्टन भिल्लाका एक खेलाडीमा कोभिड पोजेटिभ देखिएको थियो ।
प्रकाशित मितिः २०७८ मंसिर २७ सोमबार
Comments