काठमाडौं । इंग्लीस प्रिमियर लिग अन्तर्गत टोटेनहम र ब्राइटनबीचको खेल स्थगित भएको छ ।
टोटेनहम र ब्राइटनबीच आईतबार खेल हुने तालिका रहेको थियो ।
तर टोटनहमका खेलाडी तथा कर्मचारीहरुमा कोभिड-१९ देखिएपछि खेल स्थगित गरिएको हो ।
टोटेनहमको आग्रहपछि प्रिमियर लिग बोर्डले खेल स्थगित गर्ने निर्णय लिएको थियो ।
बोर्डले उक्त खेलको तालिका पुन सार्वजनिक गरिने जनाएको छ ।
बिहिबार नै युरोपा कन्फेरेन्स लिग अन्तर्गतको टोटनहम र रेनसबीचको खेल स्थगित गरिएको थियो ।
क्लबका ८ खेलाडी तथा ५ कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएपछि उक्त खेल स्थगित गरिने निर्णय गरिएको थियो ।
टोटनहमको बुधबारको तयारी समेत स्थगित गरिएको थियो ।
यस अघि पनि भारी हिमपातका कारण टोटेनहमको प्रिमियर लिग अन्तर्गत नोभेम्बर २८ तारिखको बर्निलविरुद्धको खेल स्थगित भएको थियो ।
प्रकाशित मितिः २०७८ मंसिर २३ बिहिबार
Comments