काठमाण्डौं । जर्मन फुटबल एसोसियसनले बोरुसिया डर्टमण्डका मिडफिल्डर जुड बेलिङ्घमलाई जरिवाना तोकेको छ ।
जर्मन एफएले बेलिङ्घमलाई ४० हजार युरो जरिवाना तोकेको हो ।
रेफ्री फेलिक्स ज्वाएरको बारेमा गरेको टिप्पणीमाथि छानबिन गर्दै जर्मन एफएले उनलाई जरिवाना गरेको हो ।
इंग्ल्यान्डका मिडफिल्डरले बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिखविरुद्धको खेलपछि रेफ्री फेलिक्सको नियुक्तिबारे टिप्पणी गरेका थिए ।
उक्त खेलमा बायर्नले डर्टमण्डलाई ३-२ गोल अन्तरले हराएको थियो ।
खेलको ७७ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले विवादित पेनाल्टीमा गोल गर्दै बायर्नलाई ३-२ को जित दिलाएका थिए ।
माट हुमेल्सले पेनाल्टी एरियामा ह्यान्डबल गरेपछि रेफ्री फेलिक्सले बायर्नलाई पेनाल्टी दिएको थियो ।
डर्टमण्डका खेलाडीले उक्त पेनाल्टीविरुद्ध अपिल गरेका थिए । तर, रेफ्री फेलिक्सले अस्विकार गरेका थिए ।
तपाईले रेफ्री दिनुहुन्छ । जतिबेला पहिले नै खेल फिक्स भईसकेको छ । तपाइँ के आशा गर्नुहुन्छ ? बेलिङ्घमले खेलपछि भनेका थिए ।
जर्मन एफएले बेलिङ्घमलाई दोषी ठहर गर्दै जरिवाना तिराएको हो ।
प्रकाशित मितिः २०७८ मंसिर २२ बुधबार
Comments