काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत पहिलो खेलमै नेपाल ६ विकेटले पराजित भएको छ।
नेपालले दिएको १ सय ५ रनको लक्ष्य हङकङले १८ ओभरमा पूरा गर्यो। हङकङका लागि मारिको हिलले सर्वाधिक ४४ रन बनाइन्।
यता, कप्तान केरी चनले १७ र नताशा माइल्सले १६ रन जोडिन्। इमा लाईले १३, शनजिन शहजाद ७ र यासमिन दासवानीले २ रन बनाए।
नेपालका लागि कविता कुँवर, सबनम राई र सीता राना मगरले समान एक–एक विकेट लिए।
त्यसअघि दुबईको आईसीसी क्रिकेट एकेडेमीमा पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ४ रन जोडेको थियो।
नेपालका लागि ओपनर सीता राना मगरले सर्वाधिक ४० रन जोडिन्। उनले ५८ बलमा चार चौका प्रहार गरिन्।
इन्दु बर्माले अविजित ३१ रन जोडिन्। काजल श्रेष्ठले ४ रन जोडिन् ।
हङकङका लागि क्यारी चन र बेट्टी चनले समान एक–एक विकेट हात पारे ।
प्रकाशित मितिः २०७८ मंसिर ०६ सोमबार
Comments