एजेन्सी, १८ चैत । फिफाले सन् २०२६ मा हुने विश्वकप फुटवलमा ६ देशबिच प्लेअफ प्रतियोगिता गराएर उत्कृष्ट दुई राष्ट्रलाई ४८ देशभित्र स्थान दिने प्रस्ताव अगाडि बढाएको छ । केही समयअघि फिफाले सार्वजनिक गरेको विज्ञप्तीमा ५ महादेशबाट १–१ राष्ट्र र ओसियाना समूहबाट एक राष्ट्र गरी ६ टिमले प्लेअफ प्रतियोगिता खेल्ने प्रस्ताव अगाडि सारेको हो ।
फिफाको जनवरीमा बसेको बैठकले विश्कपमा सहभागी हुँदै आएका ३२ देशबाट बढाएर ४८ देश बनाएको हो । सन् २०२६ को विश्वकपमा ४८ राष्ट्र सहभागी हुने भनिएपनि महादेशलाई कति कोटा दिने भन्ने अझै टुँगो लागेको छैन् । तर, सबै महादेशले आफूलाई चाहिने कोटा अघि सारेका छन् । जसमा युरोपको कोटा १३ बाट बढेर १६, अफ्रिकाको ५ बाट बढेर ९, एसियाको ४ बाट बढेर ८, उत्तर–मध्य अमेरिका तथा क्यारेबियनको ३ बाट बढेर ६, ओसियानाबाट १, दक्षिण अमेरिकाको ४ बाट बढेर ६ देशको कोटा पुग्ने सम्भावना छ ।
नयाँ प्रस्तावमाथि ९ मेमा बस्ने फिफाको बैठकले टुँगो लगाउने बताइएको छ ।
विश्वकपमा ६ देशबिच प्लेअफ, दुई देशले स्थान पाउने
0
Share.
Comments