काठमाडौं । आइसीसी टी २० विश्वकपको सेमिफाइनलमा पाकिस्तानको भिडन्त अष्ट्रेलियासँग हुने भएको छ । विश्वकपको सेमिफाइनल समिकरण सकिएसँगै सेमिफाइनलमा पाकिस्तानले अष्ट्रेलिया तथा इंग्ल्याण्डले न्युजिल्याण्डसँग खेल्ने भएको छ ।
समुह ए को विजेता इंग्ल्याण्डले समुह बी को उपविजेता न्युजिल्याण्डसँग खेल्ने भएको छ । यस्तै समुह ए को उपविजेता अष्ट्रेलियाले समुह बी को विजेता पाकिस्तानसँग खेल्ने भएको छ ।
प्रतियोगिताको पहिलो सेमिफाइनल आबुधावीमा नोभेम्बर १० तारिखमा हुनेछ । दोस्रो सेमिफाइनल दुबईमा नोभेम्बर ११ मा हुनेछ । फाइनल खेल दुबईमा नोभेम्बर १४ मा हुनेछ ।
समुह चरणमा इंग्ल्याण्डले पाँच खेलमा चार जित र एक हार ब्यहोरेको थियो । यस्तै अष्ट्रेलियाले पनि पाँच खेलमा चार जित र एक हार ब्यहोरेको हो । तर रन रेटका आधारमा इंग्ल्याण्ड शिर्ष स्थानमा रह्यो ।
यता यो पटक उपाधिको बलियो दावेदार देखिएको पाकिस्तानले पाँच खेलमा पाँच नै जित निकालेको छ । दोस्रो स्थानमा रहेको न्युजिल्याण्डले पाँच खेलमा चार जित र एक हार ब्यहोरेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७८ कार्तिक २२ सोमबार
Comments