काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार कात्तिक २९ गते हुने उद्घाटनमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन् ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेल बेलुका ५ बजे सुरु हुनेछ । सातदोबाटोले पहिलो पटक ‘ए’ लिग खेल्न लागेको हो । उ ‘बी’ लिगको विजेता बन्दै शीर्ष डिभिजनमा बढुवा भएको हो ।
लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् । यसपटक लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छन् । अघिल्लो संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।
एन्फाले अहिलेलाई सुरुवाती २ चरणको मात्र खेल तालिका सार्वजनिक गरेको छ । अरु खेल तालिका पछि सार्वजनिक हुनेछ । सुरुवाती तालिका अनुसार खेल त्रिपुरेश्वस्थित दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।
प्रकाशित मितिः २०७८ कार्तिक १२ शुक्रबार
Comments