काठमाडौं । फ्रान्स यूएएफए नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सेमिफाइनलमा बेल्जियमलाई ३-२ गोल अन्तरले पराजित गर्दै फ्रान्स उपाधि नजिक पुगेको हो ।
इटालीको एलिनाज स्टेडियममा सुरुआती दुई गोलको अग्रता उल्टाएर फ्रान्सले जित निकालेको हो ।
फ्रान्सको जितमा करिम बेन्जिमा, केलियन एमबाप्पे र थियो हर्नान्डेजले एक एक गोल गरे ।
बेल्जियमको लागि यान्निक कारास्को र रोमेलु लुकाकुले एक एक गोल गरे ।
खेलको ३७ औं मिनेटमा केभिन डी ब्रुएनको पासमा कारास्कोले गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाएका थिए ।
४० औं मिनेटमा ब्रुएनकै पासमा लुकाकुले गोल गर्दा बेल्जियम पहिलो हाफमा २-० ले अघि रह्यो । तर, दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमन गर्यो ।
खेलको ६२ औं मिनेटमा एमबाप्पेको पासमा बेन्जिमाले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।
६९ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा थियोले गोल गर्दै फ्रान्सलाई ३-२ को जित दिलाए ।
अब फ्रान्सले फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।
इटालीलाई हराएर स्पेन फाइनल पुगिसकेको छ।
प्रकाशित मितिः २०७८ असोज २२ शुक्रबार
Comments