काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी सर्वाधिक ‘ट्रान्सफर भ्यालु’ भएको क्लब बनेका छन् ।
फुटबल सम्बन्धि अध्ययन गर्ने संस्था सीआईईएस फुटबल अब्जरभेटरीले सार्वजनिक गरेको सूची अनुसार सिटी सर्वाधिक ट्रान्सफर भ्यालु भएको क्लब बनेको हो ।
सीआईईएसको अनुसार सिटीको ट्रान्सफर भ्यालु १.०९५ विलियन पाउण्ड रहेको छ ।
दोस्रो स्थानमा म्यानचेस्टर युनाईटेड रहेको छ । युनाईटेडको भ्यालु १.०३८ विलियन पाउण्ड रहेको छ ।
चेल्सी ८०९ मिलियन पाउण्डसहित तेस्रो, बार्सिलोन ७६६ मिलियनसहित चौंथो र बायर्न म्युनिख ७६१ मिलियनसहित पाँचौं स्थानमा रहेको छ ।
लिभरपुल छैटौं, रियल मड्रिड सातौं, पीएसजी आठौं, बोरुसिया डर्टमण्ड नवौं र एट्लेटिको मड्रिड दशौँ स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७८ असोज २१ बिहिबार
Comments