काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) को पहिलो क्वालिफायरमा पोखरा राइनोजले चितवन टाइगर्ससामु ६७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १५ ओभरमा अलआउट हुँदै ६६ रनमा समेटियो । पोखराका लागि रिचार्ड लेभीले बनाएको १९ रन सर्वाधिक भयो ।
यस्तै सुनिल धमलाले १८ र सुशन भारीले १२ रन बनाउनुबाहेक अरूले दोहोरो अंकमा रन जोड्न सकेनन् । चितवनका सागर ढकाल र साहब आलमले ४/४ विकेट लिएपछि पोखराका ब्याट्स्मयानहरु निरीह भएका थिए । बाँकी विकेट सोमपाल कामी र करिम जन्नतले बाँडे ।
आजको खेलको विजेता फाइनल पुग्नेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । क्वालिफायरमा एलिमिनेटरको विजेता टिमसँग खेल्नुपर्नेछ । एलिमिनेटरमा बुधबार नै काठमाडौँ किङ्स(११ र भैरहवा ग्लाडीएटर्स दिउँसो १:३० बजे खेल्नेछन् ।
प्रकाशित मितिः २०७८ असोज २० बुधबार
Comments