काठमाडौं । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज दोस्रो खेल श्रीलंकासँग खेल्दैछ ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाल र श्रीलंकाबीचको खेल राति पौने १० बजे सुरु हुनेछ ।
नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ । तर, बलियो टिम श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज भने हुनेछैन ।
नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० ले पराजित गरेको थियो ।
श्रीलंका पनि भने पहिलो जित निकाल्ने योजनामा रहेको छ । श्रीलंका पहिलो खेलमा बंगलादेशलाई खेल १–० ले पराजित भएको थियो ।
साफ अन्तर्गत नै आज हुने पहिलो खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। भारत र बंगलादेशबीचको खेल दिउँसो पौने ५ बजे सुरु हुनेछ ।
प्रकाशित मितिः २०७८ असोज १८ सोमबार
Comments