काठमाडौं, ४ चैत । म्यानचेस्टर युनाइटेड ३२ वर्षपछि युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराती (नेपाली समयअनुसार आज बिहान) आफ्नो घरेलु मैदानमा सम्पन्न समूह १६ को दोस्रो लेगको खेलमा रुसी क्लब रोस्तोभलाई १–० ले पराजित गर्ने क्रममा दुवै लेगको नतिजा समग्रमा २–१ ले निकाल्दै म्यानचेस्टर क्वाटरफाइनल प्रवेश गरेको हो ।
म्यानचेस्टरको जितमा हुँवा मार्टा नायक सावित भए । उनले ७१ मिनेटमा हेनरिक माखाटार्यानले डिबक्स भित्र निकालेको लो पासलाई जाल्टन इब्राहिमोभिकले कुर्कुच्चाले मिलाएको अवस्थामा गोलमा परिणत गरेका थिए ।
म्यानचेष्टर यसअघि सन् १९८५ मा युरोपा लिगको पुरानो नाम युएफ कपको क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।
म्यानचेष्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा
0
Share.
Comments