काठमाडौं । लुइस सुआरेज चम्किएको खेलमा एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा गेटाफेलाई हराएको छ । मंगलबार राति एट्लेटिकोले गेटाफेलाई २–१ गोल अन्तरले हराएको हो ।
एट्लेटिकोको जितमा दुवै गोल सुआरेजले गरे । गेटाफले एट्लेटिकोविरुद्ध सन् २०११ पछि पहिलो पटक गोल गरेको थियो ।
गेटाफेका स्टेफन मित्रोभिकको हेड पोस्टमा लागेको थियो र एट्लेटिको मड्रिडका गोलकिपर जोन ओब्लाकलाई छुदै पोस्ट छिरेको थियो । सोही गोलमा घरेलु टोलीले अग्रता बनाएको थियो ।
गेटाफेका कार्लिस एरिना ७४ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि एट्लेटिको खेलमा फर्कियो । त्यसपछि सुआरेजले लगातार दुई गोल गरे ।
सुआरेजले ७८ औं मिनेटमा बराबरी गोल गरे भने खेलको अन्तिम मिनेटमा विजयी गोल प्रहार गरे ।
जित सहित एट्लेटिकोले लिग तालिकामा एक अंकको अग्रता लिएको छ । एट्लेटिको रियल मड्रिड भन्दा एक अंकले अघि छ । गेटाफे अंक विहिन हुँदै रेलिगेशन जोनमा छ ।
प्रकाशित मितिः २०७८ असोज ६ बुधबार
Comments