काठमाडौं । इंग्लिस क्लब लिभरपुलका मिडफिल्डर थियागो अलाकान्टराले आगामी दुई खेल गुमाउने भएका छन् । खुट्टाको पिडुलाको चोटका कारण थियागोले आगामी दुई खेल गुमाउने भएका हुन् ।
स्पेनिस मिडफिल्डरले प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसविरुद्ध चोट बोकेका हुन् । उक्त खेलमा लिभरपुलले प्यालेसलाई ३-० ले हराएको थियो ।
लिभरपुलले काराबाओ कपमा मंगलबार नर्विच सिटीविरुद्ध खेल्नेछ । यस्तै प्रिमियर लिगमा शनिबार ब्रेन्टफोर्डविरुद्ध खेल्नेछ ।
प्रकाशित मितिः २०७८ असोज ५ मंगलबार
Comments