काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) को फ्रेन्चाइज टोली रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीले पद छाड्ने घोषणा गरेका छन् । भारतीय क्रिकेट टिमका कप्तानसमेत रहेका कोहलीले आइतबार यो सिजनको अन्त्यसँगै बैंग्लोरको कप्तानी छाड्ने घोषणा गरेका हुन् ।
उनले सन् २०१३ देखि बैंग्लोरको कप्तानी सम्हालिरहेका छन् । कोहलीको कप्तानीमा बैंग्लोरले १ सय ३२ खेलमा ६२ जित, ६६ हारको नतिजा निकाल्दा ४ खेल नतिजा बिहीन सकिएको छ ।
कोहलीले गत साता भारतीय टि–२० टिमको कप्तानी छाड्ने घोषणा गरेका थिए । उनले युएई र ओमानमा आयोजना हुने टी–२० विश्वकपपछि आफू कप्तान नहुने बताएका छन् । कोहलीले तीनै प्रारुपमा भारतीय टिमको कप्तानी सम्हालिरहेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७८ असोज ४ सोमबार
Comments