एजेन्सी २९ फागुन । डेभिड सिल्भा र सर्जियो अगुइरोको गोलका कारण मिड्ल्सवर्गलाई २–० ले पराजित गर्दे म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिवार राती सम्पन्न खेलमा सिल्भाले ३१ र अगुइरोले ६७ मिनेटमा गोल गरे पछि सिटी ४ वर्षको अन्तरालमा अन्तिम आठमा प्रवेश गरेको हो। पेप ग्वार्डिओलाको नेतृत्वमा सिटी इङ्लिस फुटबलको महत्वपूर्ण स्पर्धामा पहिलो पल्ट प्र वेश गरेको छ। च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगको खेलको तयारीमा रहेको सिटीका लागि यो नतिजा प्रेरणादायी मानिएको छ। च्याम्पियन्स लिगको पहिलो लेगको खेलमा सिटी ५–३ ले अगाडि छ। आउँदो बुधबार इङ्लिस क्लब मोनाकोमा खेल्नेछ।
पछिल्लो ६ सिजनमा सिटी तेस्रो पल्ट एफए कपको सेमिफाइनल पुगेको हो। यसअघि २०११ र २०१३ मा सिटी सेमिमा पुगेको थियो।
Comments