एजेन्सी, २५ फागुन । म्यानचेस्टर युनाइटेडका स्ट्राइकर जाल्टन इब्राहिमोविचमाथि तीन खेलको प्रतिबन्ध लागेको छ । गत शनिवार प्रिमियर लिगअन्तर्गत आफ्नै घरेलु मैदान ओल्ड ट्राफोडमा भएको खेलमा बोर्नेमाउथका डिफेन्डर टाइरोन मिङ्सलाई जानाजान कुहिनाले हानेको आरोपमा इङ्ल्यान्डको फुटबल संघले अघिल्लो तीन खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
इब्राहिमोभिकले पनि फुटबल संघले लगाएको तीन खेलको प्रतिबन्धलाई स्विकार गरेका छन् । उनले चेल्सीविरूद्ध एफए कपको क्वाटरफाइनल, प्रिमियर लिगको दुई खेल मिडल्सब्रोग र वेष्ट ब्रुमविरूद्धको खेल खेल्न पाउने छैनन् । तर उनी बिहीबार हुने युरोपा लिग अन्तर्गत रोस्तोभसँगको खेलमा भने खेल्न पाउने छन् । यो सिजन अहिलेसम्म २६ गोल गरेका इब्राहिमोविच आउँदो अप्रिल ४ मा एभर्टनसँग हुने खेलबाट प्रिमियर लिगमा फर्किने छन् ।
इब्राहिमोभिकलाई ३ खेल प्रतिबन्ध
0
Share.
Comments