काठमाडौं । १६औँ संस्करणको ग्रीष्मकालीन पाराल्याम्पिक–२०२० मंगलबार (आज) बाट जापानको टोकियोमा हुँदैछ । यसपटकको पाराल्याम्पिकमा २२ खेलका ५३७ विधा समावेश गरिएको छ । प्रतियोगितामा सहभागी हुन १६३ देशका ४ हजार ५३५ खेलाडी टोकियो पुगिसकेका छन् ।
नेपालको तर्फबाट एक मात्र खेलाडी पलेशा गोबद्र्धनले यो प्रतियोगितामा सहभागिता जनाउँदै छिन् । वाइल्ड कार्ड मार्फत पाराल्याम्पिकमा सहभागिता जनाउने अवसर पाएकी पलेशाले तेक्वान्दोको के–४४ विधा अन्तर्गत ५८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् ।
तेक्वान्दोका खेल सेप्टेम्बर २ बाट सुरु हुनेछ । नेपालको तर्फबाट सहभागिता जनाउने एक मात्र खेलाडी भएकाले उनैले मार्च पासमा देशको झन्डा बोक्नेछिन् । तेक्वान्दो र ब्याडमिन्टनलाई पहिलोपटक पाराल्याम्पिकमा समावेश गरिएको हो । एजेन्सी
प्रकाशित मितिः २०७८ भाद्र ८ मंगलबार
Comments