काठमाडौं । नयाँ सिजन २०२१–२२ को इङ्लिस प्रिमियर लिग आजदेखि प्रारम्भ हुँदैछ । पहिलो दिन आज एक मात्र खेल हुनेछ । शनिबार भने सात खेल हुनेछन् ।
आज राति १२ः४५ बजे आर्सनल र बेन्टफोर्डले खेलेपछि नयाँ सिजनको प्रिमियर लिग प्रारम्भ हुनेछ । लिगको पहिलो खेल बेन्टफार्डको मैदानमा हुनेछ । यस खेलमा दुबै टोली सुखद् सुरुवात गर्ने दाउमा हुनेछन् ।
आर्सनल अघिल्लो सिजन आठौं स्थानमा सीमित बनेको थियो । उसले ३८ मध्ये १८ खेलमा जीत निकालेको थियो । प्रिमियर लिगको उपाधि भने म्यानचेस्टर सिटीले जितेको थियो ।
यता, बेन्टफोर्ड भने नवप्रवेशी क्लब हो । उसले आफ्नो मैदानमा आर्सनललाई हराउँदै सुखद सुरुवात गर्ने योजना बनाएको छ ।
प्रकाशित मितिः २०७८ साउन २९ शुक्रबार
Comments