काठमाडौं । स्पेनिस क्लब भिल्ला रियलका स्ट्राइकर जेरार्ड मोरेनोले सम्झौता नवीकरण गरेका छन् ।
स्पेनिस फरवार्ड मोरेनोले सन् २०२७ सम्म क्लबमा बस्ने गरि भिल्लासँग सम्झौता नवीकरण गरेका छन् । २९ वर्षीय फरवार्डले सम्झौता नविकरण गरेको भिल्लाले पुष्टि गरेको छ । मोरेनोको सम्झौता २०२३ मा सकिदै थियो ।
मोरेनो २०१८ मा स्पानियोलबाट भिल्ला फर्किएका थिए । मोरेनोले भिल्लाका लागि कुल १ सय ८४ खेल खेलेका छन् ।
भिल्लाले गत सिजनको युरोपा लिग जित्दा मोरेनो टिमको मुख्य खेलाडी थिए । गत सिजन उनले क्लबका लागि ३० गोल गरेका थिए ।
स्पेनका लागि उनले १६ खेलमा ५ गोल गरेका छन् ।
प्रकाशित मितिः २०७८ साउन २६ मंगलबार
Comments