काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिक अन्तर्गत भारतले पुरुष हकी तर्फ काश्य पदक जितेको छ । बिहीबार बिहान भएको खेलमा जर्मनीलाई ५–४ ले पराजित गरेर काश्य पदक जितेको हो ।
भारतको पुरुष हकी टिमले ओलम्पिकमा ४१ वर्षपछि पदक जितेको हो । भारतले सन् १९८० मा पछिल्लो पटक हकीमा स्वर्ण पदक जितेको थियो । त्यसयताको पदक आश अहिलेको टोलीले पूरा गरेको हो ।
खेलको सुरुमा केही पछि परेको भारतीय टोलीले पुनरागमन गर्दै जित दर्ता गरेको हो । भारतीय हकी टिमको जितमा प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिँदै ऐतिहासिक सफलता भनेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७८ साउन २१ बिहिबार
Comments