काठमाडौं । प्रि-सिजनको तयारी अन्तर्गत मैत्रीपूर्ण खेलमा जर्मन क्लब बायर्न म्युनिख पराजित भएको छ । बुधबार राति भएको खेलमा बायर्न बुन्डेसलिगा प्रतिद्वन्दी बोरुसिया मुन्छेनग्लाडबाखसँग २-० गोल अन्तरले पराजित भएको हो ।
बायर्नको घरेलु मैदानमा मुन्छेनग्लाडबाखलाई जित दिलाउन हानेस उल्फ र माइकल वेन्टजेलले एक एक गोल गरे । खेलको ५८ औं मिनेटमा उल्फले गोल गर्दै मुन्छेनग्लाडबाखलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा माइकलले गोल गर्दै मुन्छेनग्लाडबाखलाई २-० को जित दिलाए । एजेन्सी
प्रकाशित मितिः २०७८ साउन १४ बिहिबार
Comments