काठमाडौं । क्यानडाकी मार्गरेट म्याकनेलले पौडीको महिला १०० मिटर बटरफ्लाई प्रतिस्पर्धामा स्वर्ण पदक जितेकी छन्। विश्व च्याम्पियन म्याकनेलले ५५.५९ सेकेण्डमा दुरी पार गरेकी थिइन्।
५५.६५ सेकेण्डमा दुरी पार गर्ने चीनकी युफेई झाङले रजत पदक जितिन्। अष्ट्रेलियाकी इमा म्यककेनले ५५.७२ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक जितिन्।
विश्व कीर्तिमानसहित रियो ओलम्पिकमा स्वर्ण पदक जितेकी स्विडेनकी साराह सिओस्ट्रोम सातौं स्थानमा रहिन्।
प्रकाशित मितिः २०७८ साउन ११ सोमबार
Comments