काठमाडौं । जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लण्डनस्थित वेम्बली स्टेडियममा मंगलबार राति भएको प्रि–क्वाटरफाइनलमा जर्मनीलाई २–० ले पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
इंग्ल्यान्डका लागि रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक एक गोल गरे । खेलको ७५ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ८६ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २–० को जित दिलाए ।
अब इंग्ल्यान्डले क्वाटरफाइनलमा युक्रेनसँग खेल्नेछ । एजेन्सी
प्रकाशित मितिः २०७८ असार १६ बुधबार
Comments