काठमाडौँ । स्टार स्ट्राइकर केलियन एमबाप्पेका भाइ इथेन एमबाप्पेले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीसँग नयाँ सम्झौता गरेका छन् ।
पीएसजीले शुक्रबार इथेनले क्लबसँग नयाँ सम्झौता गरेको जनाएको छ । पीएसजीले सन् २०२४ सम्मको लागि इथेनले क्लबसँग सम्झौता गरेको जनाएको छ ।
१५ वर्षीय इथेन सेन्ट्रल मिडफिल्डर हुन् । उनी पीएसजीको यू १४ टिममा महत्वपूर्ण सदस्य हुन् । यस्तै अर्का युथ खेलाडी सेन्नी मायुलुले पनि क्लबसँग नयाँ सम्झौता गरेको पीएसजीले जनाएको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ असार १२ शनिबार
Comments