काठमाडौं । म्यान्चेष्टर युनाईटेडले बोरुसिया डर्टमण्डका विङ्गर जाडोन साञ्चोलाई किन्ने प्रस्ताव क्लबले अस्विकार गरेको छ । प्रिमियर लिग क्लब युनाईटेडले साञ्चोका लागि राखेको ६७ मिलियन पाउण्डको प्रस्ताव डर्टमण्डले अस्विकार गरेको हो ।
जर्मन क्लबले साञ्चोका लागि ७७ दशमलव ५ मिलियन पाउण्ड रकम माग गरेको छ । शीर्ष स्थानमा रहेको खण्डमा थप ४ दशमलव २५ मिलियन पाउण्डको बोनस समेत समावेश हुनुपर्ने डर्टमण्डको माग छ ।
ईङ्लिस मिडियाले साञ्चोको रकम धेरै नभएको बताएका छन् । युनाईटेड ५ वर्षमा यस रकम भुक्तान गर्न चाहन्छ । तर डर्टमण्ड केबल चार वर्षका लागि समय दिन तयार छ । युनाईटेड प्रस्तावका विषयमा आन्तरिक छलफलमा छ ।
गत वर्षनै युनाईटेड साञ्चोलाई अनुबन्ध गर्न चाहेको थियो । तर मुल्य कम हुने आशमा युनाईटेडलाई साञ्चोलाई अनुबन्धन गर्न सकेन । अन्तिममा साञ्चो डर्टमण्डमै बसेका थिए ।
उचित मुल्य आएको खण्डमा साञ्चोलाई बेन्च डर्टमण्ड समेत तयार छ । साञ्चो अहिले युरो कपका लागि ईङ्ल्याण्ड टिमसंग रहेका छन् । इर्लिङ हालाण्ड, जुड बेलिंगहम सहित युवा स्टार खेलाडी रहेको डर्टमण्ड यस सिजन साञ्चोलाई मात्र बेच्न चाहन्छ ।
युनाईटेड प्रशिक्षक आले गुनर सोल्सायर साञ्चोलाई अनुबन्धन गर्न उत्सुक छन् । उनी दायाँ भागबाट आक्रमण गर्ने खेलाडीको खोजीमा छन् । एजेन्सी
प्रकाशित मितिः २०७८ जेठ २८ शुक्रबार
Comments