काठमाडौं । युरोपियन फुटबलको सर्वाधिक ठूलो प्रतियोगिता युरोकप फुटबलको १६ औं संस्करण आजबाट सुरु हुँदैछ ।
मिनी विश्वकपको रुपमा लिइने यो प्रतियोगिताको उद्घाटन खेलमा आज राति पौने एक बजे इटालीले टर्कीको सामना गर्नेछ
उद्घाटन खेलमा दुबै टोलि जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।
यस पटक युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुनेछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
यूईएफएले युरोकप लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना हुनेछ ।
जुलाई ११ मा सकिने युरोकपमा २४ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल लण्डनको वेम्बली स्टेडियममा हुनेछ ।
कुन समूहमा कुन टिम ?
समूह ए – इटाली, टर्की, वेल्स, स्विजरल्याण्ड
समूह बी – डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रसिया
समूह सी – नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया
समूह डी – इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक रिपब्लिक
समूह ई – स्पेन, स्विडेन, पोल्याण्ड, स्लोभाकिया
समूह एफ – हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी
प्रकाशित मितिः २०७८ साल जेठ २८ गते शुक्रबार, ०२स्३८
प्रकाशित मितिः २०७८ जेठ २८ शुक्रबार
Comments